संघलाई ठूला, साना सबैको साझा संस्था बनाउँछुः आचार्य

पाेखरा | भदौ २१, २०७९

संघलाई ठूला, साना सबैको साझा संस्था बनाउँछुः आचार्य

 

पोखरा  :  २७ वर्ष देखि पोखरामा फेन्सी व्यवसायी गर्दै आएका बलराम आचार्यले भदौ २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा पवन प्रजापति प्यानलबाट महासचिव पदमा मनोनयन दर्ता गरेका छन् । 

 

२०६३ सालमा साधारण सदस्यता लिएका आचार्य २०७१–७३, ०७५–७७ कार्यसमिति सदस्य, ०७७–७९ कोषाध्यक्षमा निर्वाचित भएका थिए । 

 

पोखराको विभिन्न संघसंस्थामा योगदान गरेका आचार्यले आफुलाई महासचिवको बलियो उम्मेदवारी दाबी गरेका छन् । 

 

यसै सन्दर्भमा सुुनगाभा न्यूजले आचार्यलाई सोधेको ५ प्रश्न : 

 

–प्रजापति प्यानल नै किन ?

 

पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुुने ३४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार पवन कुमार प्रजापति संस्थापन पक्ष भएको र पदाधिकारीमा पुराना व्यवसायी भएको र आफु पाइपलाइन अनुसार आउँदा प्रजापति प्यानलमा अटाउनु स्वभाविक हो । 

 

यस प्यानलमा सबै पदाधिकारीहरु पाइपलाइन अनुसार नै आएका छन् । पोखरामा विभिन्न क्षेत्रमा पेशा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई क्षेत्रको आधारमा, जातजातिको आधारमा, वर्गको आधारमा र व्यवसायको आधारमा प्यानल निर्माण भएको छ । त्यही पाइपलाइन अनुसार म महासचिवमा अटाए । 

 

– पोखरा उद्योग वाणिज्य निर्वाचनमा ग्रुपिज्म बढेको हो ? 

 

झट्ट हेर्दा बाहिरका आम व्यवासायी र जनतामाझ दुई प्यानल खडा भएको छ । पवन प्रजापति भनेको वरिष्ठ उपाध्यक्ष अहिले स्वतः अध्यक्ष पदका दाबेदार हो । केही व्यवसायीहरु पाइपलाइन अनुसार जान सक्नुभएन, त्यसैले दुई प्यानल देखिएको हो । 


 
– एजेण्डाहरु के–के छन् ? 

 

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा जाँदै गर्दा हामी ८५ प्रतिशत व्यवसायीहरु माँझ १७ बुदे प्रतिबद्धतापत्र सहित पुगेका छौं । 

 

हिजो २०११ सालमा संघको स्थापना हुँदा कस्तो अवस्थामा स्थापना भयो अब २०७९-८१ मा कस्तो बनाउने भन्ने मुल उद्धेश्य सहित व्यवसायीहरुको घरघरमा पुगिरहेका छौं । व्यवसायीहरुलाई प्रविधिमैत्री बनाउनु नै हाम्रो मुख्य एजेण्डा हुन् । 

 

प्रतिवद्धतापत्रमा व्यावसायीक वातावरण निर्माण र उद्योगी–व्यवसायीको सम्मान अभिबृद्धि गर्ने, व्यावसायीक डाटा बैंक तथा प्रवद्र्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलब्ध गराईने र नवप्रबद्र्धन तथा महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवद्र्धनमा सघाउने छ । 

 

सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य, राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमाइलोको रुपमा भन्दा पृथक किसिमले आयोजना गर्न सरसल्लाह र सुझावको आधारमा अघि बढ्ने प्रतिबद्धता छ ।

 

संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान पुर्‍याउने हाम्रो प्रमुख एजेण्डा हो । 

 

 – जित्ने आधारहरु के–के छन् ? 

 

पोखराका व्यवसायीमध्ये ८५ प्रतिशतको घरमा आजको दिनसम्म पुगी सक्यौं । बाँकी व्यवसायीबीच पनि पुग्दैछौ । जति व्यवसायीहरुबीच पुग्यौ उहाँहरुले पुरानो अनुहार प्रजापति प्यानल भएको भन्दै शुभकामनासहित भोट हामीलाई दिने आश्वासन दिएकाले हामी ढुक्क छौं ।

 

हिजोका दिनहरुमा व्यवसायीहरुलाई समस्या पर्दा हामी नै अगाडी सरेका छौँ । अब हामी पोखरामा व्यवसायी गर्दै आउनुभएका व्यवसायीहरुको समस्यालाई समाधान गर्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गर्दै जाने प्रतिबद्धता सहित गएकाले हाम्रो प्यानलले चुनाव जित्छौं । 

 

– मतदातालाई केही भन्नु छ ? 

 

पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन भदौ २४ र २५ गते हुन्छ भनेर सम्पुर्ण व्यवसायीहरुलाई विभिन्न माध्यमबाट पत्राचार गरेका छौँ । तपाईहरुको घरदैलोमा मत माग्दै आएका छौँ । कुनै व्यवसायीहरुको घरमा आउन नसकेकाले क्षमा माग्दै पोखराका पुराना व्यवसायी पवन प्रजापतिको प्यानललाई भोट गर्न अपील गर्दछु । 

प्रस्तुती : बिबि रोकामगर 

कास्की:   पोखरा महानगरपालिका –२६ स्थित सामुदायिक विद्यालयको  जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।    कास्कीको (साबिक कन्धनीडाँडा गाविस &ndas...

थप पढ्नुहोस्

पर्साः   वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् ।   वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका स...

थप पढ्नुहोस्

दाङः   बङ्गलाचुली गाउँपालिका –४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ ।   हरेक वर्ष आम्दानी बढेपछि चैते धा...

थप पढ्नुहोस्