बाल प्रतिभा पहिचान महोत्सव सिकाईको थलो

पाेखरा | मंसिर २५, २०८२

बाल प्रतिभा पहिचान महोत्सव सिकाईको थलो

पोखरा:   पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको भिड लागेको हो  ।


बाल प्रतिभा पहिचान अन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि,  हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ ।
 

महोत्सवमा आएका विद्यार्थी तथा अभिभावकहरुले विद्यार्थीका प्रतिभा देखेर खुलेरै प्रशंशा गरेका थिए ।  महोत्सवमा कतै लोक नृत्य, कतै गायन, कतै कविता वाचन विज्ञान तथा प्रविधि त कतै अभिनयले रौनकता  छाएको थियो। यो अलवा महोत्सवमा आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान सञ्चाल गरेको एन प्याब्सनको खुलेरै प्रशंशा गरेका थिए । जहाँ विद्यार्थीहरुको लागि महोत्सव  सिकाईको थलो बनेको छ ।


‘कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउन पनि महोत्सवको रुपमा आयोजना गरेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।


प्रदर्शनी केन्द्रमा तान लगाएर गुन्द्री बुन्ने, चुया काटेर डोको वुन्ने दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको थियो ।


‘नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ’ अध्यक्ष अधिकारीले भने, ‘आफैंले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री अन्यत्र आश्रित नभई हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण महोत्सवले दिलाएको छ ।’


घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री, डोका, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन महोत्सव कोषेढु·ा सावित भएको छ ।


प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् ।  विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ । शुक्रबार सामूहिक लोक नृत्य र पुरस्कार वितरण कार्यक्रम रहेको सचिव प्रेमराज अधिकारकीले जानकारी दिए ।

 

म्याग्दी:  वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यट...

थप पढ्नुहोस्

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्