जिप्रका कास्कीलाई लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघको कम्प्युटर र प्रिन्टर सहयोग
पाेखरा | भदौ ३१, २०८२
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीलाई पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघले कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पुगेर सँघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु लामा, सल्लाहकार जयकुमार परियार, दोहोरी व्यवसायी ठागु गुरुङ, भोज गुरुङ र निस्चल गुरुङले सँयुक्त रुपमा ३ थान कम्प्युटर र २ थान प्रिन्टर सहयोग हस्तान्तरण गरेको हो ।
सँघका अध्यक्ष जीवन गुरुङले आन्दोलनकारीले जिप्रका कास्कीमासमेत तोडफोड तथा आगजनी गरी नागरिकको हितविपरित कार्य गरेको भन्दै दुख व्यक्त गरे ।
नागरिकको शान्ति सुरक्षासँग जोडिएको कार्यालयमा आक्रमण गरिनु दुखद रहेकाे बताउँदै तत्काल कम्प्युटर तथा प्रिन्टर अभाव देखिएकाले सहयोग गरेको बताए ।
‘प्रहरी कार्यालय भनेको जनताको सुरक्षासँग प्रत्यक्ष जोडिएको कार्यालय हो । यति कुरा पनि हेक्का नराखिकन ध्वस्त पार्नु भनेको निकै दुखद कुरा हो, उनले भने, ‘सबै ध्वस्त भएको खबरपछि हाम्रो संस्थाले तत्काल आवश्यक महसुस गरी कम्प्युटर र प्रिन्टर सहयोग गरेका हौं । यसले केही हदसम्म मलम लगाउने विश्वास लिएका छौं ।’
उनले आगामी दिनमासमेत कास्की प्रहरीसँग समन्व्य गर्दै समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
सरकारविरुद्ध गत २३ र २४ गते जेनजीको नाममा सडकमा उत्रेको आन्दोलनकारीकाे समूहले जिल्ला प्रहरी कार्यालयमा तोडफोडसहित आगजनी गरेको थियो ।
काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ...
पोखरा: अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

