धनुषामा धान खरिद सुरु
जनकपुरधाम | मंसिर २४, २०८१
जनकपुरधाम: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय, जनकपुरधामले धान खरिद प्रक्रिया सुरु गरेको छ ।
धनुषाको किसानबाट यस वर्ष ३२ हजार क्वीन्टल सोना मन्सुली धान खरिद गर्ने गरी आजदेखि सुरु भएको कार्यालय प्रमुख देवेन्द्र राईले जानकारी दिनुभयो । यसवर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्वीन्टल तीन हजार पाँच सय ८० रुपैया ६२ पैसा तोकिएको छ ।
यहाँ स्थानीय तहका कृषि शाखाको सिफारिसमा तथा किसानले तोकिएको मापदण्ड पूरा गरेर ल्याएमा धान खरिद चेकमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख राईले बताउनुभयो ।
यसअघि सो कार्यालयको धान खरीदका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय गरी धान खरिद प्रक्रिया सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
बास्मती धानको मूल्य निर्धारण नभएकाले तत्काल त्यसको खरिद नहुने पनि जनाइएको छ । धनुषामा यस वर्ष ४१ हजार ५ सय ६६ हेक्टर क्षेत्रफल जमिनमा १ लाख ६६ हजार २ सय ६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
काठमाडौं: आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितमा बङ्गदलादेशकी कप्तान...
काठमाडौं: काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान गर्न सुरू गरेको छ । महानगरको विपद् व्यवस्थापन विभागले यस कार्य...
काठमाडौं: पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ । ...