पोखराको मेयरमा अहिलेसम्म २३ जना उम्मेदवारकाे नाम दर्ता

काठमाडाैं | बैशाख १२, २०७९

पोखराको मेयरमा अहिलेसम्म  २३ जना उम्मेदवारकाे नाम दर्ता

पोखराः पोखरा महानगरपालिकाको मेयरमा विभिन्न राजनैतिक दल र स्वत्रन्त्रका गरेर अहिलेसम्म २३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

 

आइतबार र सोमबार गरी दुई दिनमा गरी कुुल २३ जनाले मेयर पदमा मनोनय दर्ता गराएका हुन् ।

 

मुुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईका अनुसार देशभक्त समाजबाट पोखरा १७ का नरबहादुर दमै, नेपालका लागि नेपाली पार्टीबाट पोखरा २० कि रोशनी बाँनीया बस्नेत, नेकपा एमालेबाट कृष्ण थापा, समाजवादी एकिकृतबाट धनराज आचार्य, संघिय राष्ट्रिय लोकतान्त्रीक मञ्चबाट पोखरा ८ का अनिल कुमार राई, उन्नत लोकतन्त्र पार्टीबाट पोखरा ५ का आषिश थापा र नेकपा माओवादी समाजवादी पार्टीबाट पोखरा ३० का भेषराज त्रिपाठी उम्मेदवारी दर्ता गरेका हुन् ।

 

यसैगरी सचेत नेपाली पार्टीबाट पोखरा ३२ का भोजराज खनाल, मालिक जरोकिला पार्टीबाट पोखरा २४ का एंजल तिमिल्सिना, मंगोल नेशनल अगनाइजेशनबाट पोखरा २० का प्रेम प्रसाद गुरुङ, नेपाल जनता दलबाट पोखरा ८ का मुक्तिनाथ सुबेदी, राप्रपा नेपालबाट पोखरा ६ का गोविन्द गुरुङ, आमुल परिर्वतन नसिंह पार्टीबाट पोखरा १८ की मुना बाँनिया, जनमत पार्टीबाट पोखरा ४ का सरन सिंह मोक्तानले मनोनयन दर्ता गरेका छन् ।

 

पोखरा २४ का खगराज पौडेल ‘गनेस’, पोखरा १४ का विमल बहादुर कार्की, पोखरा २८ का रामराज अधिकारी, पोखरा १५ डिल बहादुर गुरुङ, पोखरा १७ नवराज बास्तोला, पोखरा ३२ किशान सिंह गुरुङ, पोखरा ३१ का नन्द प्रसाद तिवारी, पोखरा ६ का सुनिल कुमार कोइरला र पोखरा ६ का ऋषिराम सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्