आइसिसी क्रिकेट विश्वकप लिग–२ नेपाल अमेरिकासँग पराजित

काठमाडाैं | कात्तिक १२, २०८१

आइसिसी क्रिकेट विश्वकप लिग–२ नेपाल अमेरिकासँग पराजित

काठमाडौं:     नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ । जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई तीन विकेटले पराजित गरेको हो ।


अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा नेपालले दिएको २ सय ८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९।४ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।


अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए ।

नेपालका लागि कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर चार विकेट लिए । सोमपाल कामीले दुई र ललित राजवंशीले एक विकेट लिए ।


यसअघि नेपालले टस हरेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुँदै २ सय ८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए ।


नेपाल लिग(२ मा नौ खेलमा सातमा हार, एकमा जित र एक खेलमा अंक विहीन हुँदै तीन अंकका साथ सातौं स्थानमा छ । अमेरिका दश खेलमा सात मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ ।


अब सिरिजमा अर्को खेल भोली मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

जुम्लाः    जुम्लाको हिमा गाउँपालिकाले नाग्म–गमगडी सडकलाई तत्काल कालोपत्र गरी आवागमन सहज बनाउन माग गरिएको छ ।  मुलुकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको रारा तालसम्म जाने नाग्म&nd...

थप पढ्नुहोस्

रामेछापः       वर्षमा २ पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय जिल्लाका अधिकांश पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुख्खा ठाउँमा ख...

थप पढ्नुहोस्

काठमाडौंः   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ ।   केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीको सभा...

थप पढ्नुहोस्