कोपा अमेरिकामा अर्जेन्टिना च्याम्यिन
काठमाडाैं | असार ३१, २०८१

एजेन्सी: कोपा अमेरिका २०२४ मा अर्जेन्टिना च्याम्पियन बनेको छ ।
कोलम्बियालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यससँगै अर्जेन्टिनाले १६ औं पटक उपाधि जित्यो ।
यसअघि अर्जेन्टिनाले २०२१ मा पनि उपाधि जितेको थियो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले ११२ औं मिनेटमा निर्णायक गोल गरे ।
उनले प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्तासमेत बने । अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधिसमेत जितेको थियो ।
गोरखा — आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रह...
पोखरा रंगशालाको कभर्ड हलमा पहिलो संस्करणको फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । एमएपीको आयोजनामा यही चैत्र १५ र १६गते उक्त प्रतियोगिता आयोजना हुने आयोजकका प्रतिनिधि ...
भक्तपुर: भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलको पार्किङमा आइतबार बिहान मृत फेला परेका हुन्। ...