भारत फाइनलमा प्रवेश
काठमाडाैं | कात्तिक २९, २०८०

काठमाडौं: भारत आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले २०११ पछी पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।
जितको लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो ।
न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन वनाएपनी टोलीलाई जिताउन सकेनन् ।
केन विलियम्सन ७३ बलमा ७ चौका र १ छक्कासहित ६९ रनमा क्याच आउट भए । केन र मिचेलले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरेका थिए ।
भारतलाई सुरुवातमा मोहम्मद शामीले दुबै ओपनरलाई आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
दुबै ओपनर रचिन रबिन्द्र र डेभन कन्वे एज लागेर विकेटकिपर लोकेश राहुलबाट समान १३ रनमा क्याच आउट भएका थिए ।
ग्लेन फिलिप्स ३३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । अन्य ब्याटरले राम्रो गर्न सकेनन् ।
शामीको ३३ औं ओभरको दोस्रो बलमा विलियम्सन सुर्यकुमार यादव बाट क्याच भएपछि जितको सम्भावना टाढिएको थियो ।
भारतका मोहम्मद शामीले ९।५ ओभरमा ५७ रन खर्चेर ७ विकेट लिए । बुमराह, कुलदिप यादव र मोहम्मद शिराजले एक एक विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ९८ रन बनाएको थियो ।
भारतको जितमा युवा ब्याटर श्रेयस ऎरले ७० बलमा ४ चौका र ८ छक्कासहित १ सय ५ रनको विस्फोटक शतकीय इनिङ खेलेका थिए ।
विराट कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको शतकिय इनिङ खेलेका थिए ।
कोहलीको यो ओडिआइ करिअरको ५० औं शतक हो । उनी ओडिआइमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन् । कोहलीले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमान तोडेका हुन् ।
भारतलाई कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
टिम साउथीको नवौं ओभरको दोस्रो बलमा ठुलो शर्ट खेल्ने धुनमा रोहित शर्मा केन विलियम्सनबाट लङअफमा क्याच आउट भए । केनले हाइको बल उत्कृष्ट क्याच लिएका थिए ।
पहिलो विकेटका लगि रोहित र गिलले ९।२ ओभरमा ७१ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि गिल र कोहलीले ९३ रनको साझेदारी गरेका थिए ।
त्यसपछि कोहली र ऎरले १ सय २८ बलमा १ सय ६३ रनको सानदार शतकिय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।
युवा ब्याटर शुभमन गिल ६६ बलमा ८ चौका र ३ छक्कासहित ८० रनमा नट आउट रहे । गिल ७९ रनमा रिटायर्ड हर्ट भएका थिए। लोकेश राहुल २० बलमा ५ चौका र २ छक्कासहित ३९ रनमा नट आउट रहे ।
न्युजिल्यान्डका ट्रेन्ट बोल्टले १० ओभरमा ८६ रन खर्चेर १ विकेट लिए । टिम साउथीले १० ओभरमा १ सय रन खर्चेर ३ विकेट लिए ।
दोस्रो सेमिफाइनल बिहिबार हुनेछ । दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दछिण अफ्रिकाबिच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।
पोखरा: पोखराको पर्यटकीय स्थल बेगनासतालमा केही महिना अगाडि सञ्चालनमा आएको मोटरबोट पोखरा महानगरपालिकाले बन्द गर्ने निर्देशन दिएको छ । पोखरा महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख कृष्ण प्...
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-११ पात्लेखेतस्थित बिपी राजमार्गमा डिआईको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शनिबार बिहान बिपी राजमार्ग हुँदै भकुन्डेबाट काठमाडौँतर्फ ...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र्र पारिएको छ । महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप&nda...