नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्धारा अधिवेशन लोगो सार्वजनिक
पाेखरा | असोज २, २०८०

पोखरा: नेकपा एमाले गण्डकी प्रदेश कमिटीले यहि असोज १५ र १६गते पोखरामा आयोजना हुने प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।
प्रदेश कमिटी अधिबेशन प्रचार प्रसार समितिले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर लोगो सार्बजनिक गरेको हो।
लोगो सार्बजनिक गर्दै एमाले सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिबेसनलाइ ऎतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिनुभयो ।
बैठकले अधिबेशनलाई सभ्य र भब्यरूपले सम्पन्न गर्न विभिन्न विभिन्न वटा उप समिति मार्फत ससक्त ढंगले तयारी अगाडि बढाइएको प्रचार तथा प्रसार उप समिति सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो।
अधिबेशनमा करिब ९०० जना प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने अध्यक्ष नबराज शर्माले जानकारी दिनुभयो । ने क पा (एमाले) गण्डकीको प्रथम अधिबेशनमको पार्टी अध्यक्ष के पि शर्मा ओलिले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
काठमाडौं: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने ...
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा र...
केही दिन यता नेपाली मिडियामा चलचित्र निर्देशक एवं कलाकार अनुप बरालले कलाकार छनौटमा नातावाद, कृपावादलाई पश्रय दिएको र ‘कास्टिङ् काउच’लाई बढावा दिएको समाचारले स्थान पाइरहेको छ । ...