एसियाड भलिबल : पुरुष टोली बहराइनसँग पराजित
काठमाडाैं | असोज २, २०८०

काठमाडौं: नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९ औं एसियाली खेलकुद (एसियाड) को पहिलो खेलमा हार बेहोरेको छ ।
पुल बी को पहिलो खेलमा बहराइनसँग नेपाल ३-१ ले पराजित भएको हो । पहिलो सेटमा नेपालले २५-२० को जित निकालेपनि त्यसपछि लगातार ३ सेट गुमाएको हो । दोस्रो सेटमा नेपाल २५(२० ले पछि परेको थियो । तेस्रो सेट २५(१८ र चौथो सेटमा २५-१५ को जितसँगै बहराइनले जित हासिल गर्यो ।
नेपालले अब बुधबार इरानको सामना गर्नेछ र उक्त खेल हारेको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिदै घर फर्कनेछ ।
पोखरा: फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाएको छ । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” प्राविधिक समितिक...
काठमाडौं: १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को कुम्भमेला आजबाट चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ। औपचारिक उद्घाटन आज हुने भए पनि केही खेलहरू यसअघि नै सुरु भइसकेक...
काठमाडौं: भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा पहिलो नम्बरमा पुगेको हो । एसिया कप जित्दा पन...