पोखरामा लागूऔषधसहित भारतिय नागरिक प्रकाउ
पाेखरा | भदौ २९, २०८०

पोखरा: लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बैदामले लागूऔषधसहित भारतिय नागरिकलाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका १८ सेतीस्थित डेरा गरी बस्ने भारतको केरला घर भएका २४ वर्षीय अजिन वर्गीसलाई लागूऔषध (गाँजा)सहित भदौ २७ गते प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
भारतिय नागरिक वर्गीसको कोठाबाट ७ सय ५० ग्राम गाँजा, डिजिटल तराजु र एक थान आईफोन मोबाइलसहित प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
प्रकाउ परेका वर्गीसलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने ...
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा र...
केही दिन यता नेपाली मिडियामा चलचित्र निर्देशक एवं कलाकार अनुप बरालले कलाकार छनौटमा नातावाद, कृपावादलाई पश्रय दिएको र ‘कास्टिङ् काउच’लाई बढावा दिएको समाचारले स्थान पाइरहेको छ । ...