लामाचौर कपमा नेपाल पुलिस क्लब र गण्डकीको विजयी सुरुवात

पाेखरा | भदौ २९, २०८०

लामाचौर कपमा नेपाल पुलिस क्लब र गण्डकीको विजयी सुरुवात

पोखरा:   पोखरा महानगरपालिका १९ लामाचौरमा आजदेखि सुरु भएको १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ  नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । 


नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको २५ औं संस्करणको तीज महोत्सव एमव् १० औं लामाचौर कपमा दोस्रो खेलमा नेपाल पुलिस क्लबे बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो । 


पहिलो सेट १५–२५ ले गुमाएको नेपाल पुलिसले उत्कृष्ठ पूनरागमन गर्दै २५-२१, १९-२५ र २५-२२ ले मणिमुकुन्द भलिबल क्लबलाई पराजित गरेको हो । 


यस्तै प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशले गल्कोट स्पोर्टस क्लब बागलुङलाई ३-१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।


गण्डकीले पहिलो र दोस्रो सेट २५-२१ र २६-२४ ले जितेपनि तेस्रो सेट २४–२६ले गुमाएको थियो भने, चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्द २५-१९ ले जितेको थियो । 


प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको पाँच खेल हुने आयोजकले जनाएको छ । 


संस्थाको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबललाई निरन्तरता दिएपनि पुरुष भलिबलको यो दोस्रो संस्करण भएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले बताए । 


उनका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ । 


पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता रहेको छ । 


यस्तै महिला भलिबलतर्फ  सशस्त्र प्रहरी बलको एफिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता रहेको छ । महिलातर्फको खेल भोलि (भदौ ३०)देखि सञ्चालन हुने आयोजकले जनाएको छ । 


‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् । 


 

काठमाडौं:     वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने ...

थप पढ्नुहोस्

सोलुखुम्बु:   सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा र...

थप पढ्नुहोस्

केही दिन यता नेपाली मिडियामा चलचित्र निर्देशक एवं कलाकार अनुप बरालले कलाकार छनौटमा नातावाद, कृपावादलाई पश्रय दिएको र ‘कास्टिङ् काउच’लाई बढावा दिएको समाचारले स्थान पाइरहेको छ ।   ...

थप पढ्नुहोस्