पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

काठमाडाैं | भदौ २९, २०८०

पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

काठमाडौँ:   पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउनुभएको छ । 

 

राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख गर्नुभएको छ । भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्त उनीहरूको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्व रहेको कुरामा उहाँले जोड दिनुभएको छ । 

 

“मानिसको जीवनका प्रारम्भिक वर्षहरू अर्थात् बाल्यकालमा नै उनीहरूको मल्ूयमान्यता, चरित्र, अनुशासन र सीपहरूले आकार ग्रहण गर्दछन् । बालबालिका आज हामीले रोप्ने बीउ जस्तै हुन् । सही हेरचाह र उचित पालनपोषणसँगै उनीहरू बलियो र जीवन्त रूख बन्नेछन, जसले भविष्यमा समाज र राष्ट्रका लागि विकास तथा समृद्धिको फल फलाउने छन्”, पूर्वराष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा उल्लेख छ ।

 

उहाँले सम्पूर्ण अभिभावक, शिक्षक, नीति निर्माता र नागरिक समाजलगायत सबै सरोकारवालालाई बालबालिकाको सर्वाङ्गीण विकासका लागि समन्वय र सहकार्य गर्न उहाँले आग्रह गर्नुभएको छ । रासस

काठमाडौं:     वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने ...

थप पढ्नुहोस्

सोलुखुम्बु:   सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा र...

थप पढ्नुहोस्

केही दिन यता नेपाली मिडियामा चलचित्र निर्देशक एवं कलाकार अनुप बरालले कलाकार छनौटमा नातावाद, कृपावादलाई पश्रय दिएको र ‘कास्टिङ् काउच’लाई बढावा दिएको समाचारले स्थान पाइरहेको छ ।   ...

थप पढ्नुहोस्